बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

दुग्धपदार्थ ढुवानी गर्ने सवारी निर्वाचनको दिन चल्न दिन माग गर्दै आयोगलाई पत्र

मङ्गलबार, २७ वैशाख २०७९, ११ : ४१
मङ्गलबार, २७ वैशाख २०७९

निर्वाचन आयोगले दूध तथा दुग्धजन्य वस्तुको ढुवानीलाई अत्यावश्यक वस्तुको सूचीमा नराखेपछि व्यवसायीले पत्र लेखेका छन् । निर्वाचनको दिनमा चल्न पाउने अत्यावश्यक वस्तुहरूको सूचीमा नअटाएपछि नेपाल डेरी एसोसिएसनले पत्र लेखेको हो ।

‘अघिल्ला वर्षहरूमा दूध तथा दूग्धजन्य पदार्थको ढुवानीलाई अत्यावस्यकको सूचीमा राख्थ्यो,’ आयोगलाई लेखिएको पत्रमा भनिएको छ, ‘वैशाख ३० गतेको निर्वाचनको दिनमा दूध ढुवानी अत्यावश्यक वस्तुको सूचीबाट छुटेको छ ।’ त्यसैले ढुवानीमा सहजीकरण गरिदिनका लागि एसोसिएसनले आयोगलाई पत्र लेखेको हो ।

आयोगले निर्वाचनको दिनमा खाद्यान्न, एम्बुलेन्स, पिउने पानी, दूतावासका सवारी साधन बिना रोकतोक चल्न पाउने व्यवस्था गरेको छ । तर, यीबाहेक अन्य वस्तु ढुवानी र सवारी साधन चल्न नपाउने व्यवस्था आयोगले गरेको छ । यो सूचीमा दूध तथा दुग्धजन्य वस्तुको ढुवानी समेत समेट्न एसोसिएसनले आग्रह गरेको हो ।

दूध अत्यावश्यक वस्तु भएको र यो बालकदेखि वृद्धवृद्धासम्मका लागि दैनिक अनिवार्य रहेकाले यसको ढुवानीमा रोकतोक गर्न नहुने बताइएको छ । यस्तै, उत्पादन भएकै दिनमा उपभोग गरिसक्नु पर्ने भएकोले यस पटकको स्थानीय निर्वाचनमा दूध ढुवानीमा समस्या सृजना नगरिदिन भनिएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप