मौन अवधिअघि एमालेको अन्तिम चुनावी सभा, तस्बिरमा हेर्नुहोस्
नेकपा एमालेले स्थानीय तह निर्वाचनको मौन अवधिअघि काठमाडौंमा अन्तिम चुनावी सभा आयोजना गरेको छ । सो पार्टीको काठमाडौं जिल्ला कमिटीको आयोजना भृकुटीमण्डमा चुनावी सभा राखिएको हो । चुनावी सभालाई एमाले अध्यक्ष केपी शर्मा ओली लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।
ओली सोही कार्यक्रमलाई सम्बोधन गर्न झापाको कार्यक्रम सकेर काठमाडौं फर्किने कार्यक्रम रहेको नेताहरुले बताएका छन् । एमालेले चुनावलाई लक्षित गर्दै विभिन्न जिल्ला र सहरमा यसअघि नै आमसभा गरिसकेको छ । शुक्रबार हुने चुनावको मौन अवधि अघि भने सो पार्टीले भृकुटीमण्डपमा कार्यक्रम राखेको हो ।
काठमाडौं महानगरपालिकामा गठबन्धनविरुद्ध एमाले एक्लै लडेको छ भने मेयरको रुपमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोललाई अघि सारेको छ । यस्तै गठबन्धनबाट भने काँग्रेसकी सिर्जना सिंह र उपमेयरमा नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ उम्मेदवार रहेका छन् । काठमाडौंमा स्वतन्त्र उम्मेदवारका रुपमा बालेन शाहलगायत पनि रहेका छन् ।





















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीय शिक्षण सिकाइ अनुदान शिक्षकद्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
काठमाडौँ महानगरपालिकाको १९ औँ अधिवेशन जेठ ३१ मा
-
देउवा नेपाल फर्कन समय लाग्ने, फर्केपछि बस्न घर खोजी हुँदै
-
जर्मनी र फ्रान्सले रद्द गरे मिलेर नयाँ लडाकु विमान बनाउने परियोजना
-
सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ?
-
यात्रुको राहदानीमा ‘सर्त’ लेख्ने २ अध्यागमन अधिकृत विमानस्थलबाट हटाइए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण