बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जिका, चिकनगुनिया र डेंगु भाइरसको परीक्षण निःशुल्क

मङ्गलबार, २७ वैशाख २०७९, १८ : ३७
मङ्गलबार, २७ वैशाख २०७९

सरकारले जिका, चिकनगुनिया र डेंगु भाइरसका लक्षणहरुले निःशुल्क परीक्षण गरिदिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यी तीन वटै रोग लामखुट्टेको टोकाइबाट लाग्ने भएकाले लक्षण देखिएमा निःशुल्क परीक्षण गरिने जानकारी दिएको हो ।

जिका, चिकनगुनिया र डेंगु भाइरसका लक्षणहरु देखिएमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गई निशुल्क रुपमा परीक्षण गर्न आग्रह गरेको हो ।

यी तीन रोग लाग्दा यस्ता लक्षण देखिन्छ । एक्कासी ज्वरो आउने, थकान महशुस हुने, टाउको मांसपेशी जोर्नी दुख्ने, अत्याधिक जोर्नी दुख्ने विशेष गरी हात र खुट्टा दुख्ने, वाकवाकी लाग्ने वा बान्ता हुने मन्त्रालयद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप