ad
x

जजिरा एयरवेजको जहाज बिहान १ः४५ बजे गौतमबुद्ध विमानस्थल आइपुग्ने

person explore access_timeबैशाख २७, २०७९ chat_bubble_outline0

जजिरा एयरवेजले आगामी जेठ २ गतेदेखि भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा प्रत्यक्ष हवाई सेवा शुरु गर्ने भएको छ । यो जजिरा एयरवेजद्वारा नेपालमा सञ्चालित दोस्रो सेवा हो । 


यसअघि सन् २०१९ नोभेम्बरदेखि उक्त विमान कम्पनीले कुवेत र नेपालबीच सिधा हवाई सेवा दिँदै आएको छ । कुवेतस्थित नेपाली दूतावासले आज एक विज्ञप्ति जारी गर्दै सिधा हवाई सेवा सञ्चालन भएपछि मध्यपूर्वमा बसोबास गर्ने नेपाली समुदायलाई नेपालको दक्षिण–पश्चिम क्षेत्रमा प्रत्यक्ष हवाई सेवामार्फत जोड्न सकिने जनाएको छ । 



वैदेशिक रोजगारी र अन्य प्रयोजनका लागि खाडीमुलुक प्रवेश गर्ने नेपालीका लागि सहज तथा सुविधाजनक हवाई यात्रा हुने दूतावासको विश्वास छ । गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्न चाहने तीर्थयात्री र पर्यटकका लागिसमेत थप सहज हुने दूतावासले जनाएको छ । 



दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा सञ्चालनमा आउन लागेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरवेजको जहाज जेठ २ गते बिहान आइपुग्ने भएको छ । एयरवेजले आज उडान तालिका सार्वजनिक गर्दै कुवेतबाट स्थानीय समयअनुसार साँझ १८ः३० बजे उडेको विमान जेठ २ गते बिहान १ बजेर ४५ मिनेट जाँदा भैरहवा आइपुग्ने जनाएको छ । 



सो जहाज सोही दिन बिहान २ः३० बजे कुवेतका लागि प्रस्थान गर्नेछ । जजिराले साताको आइतबार, मङ्गलबार, बिहीरबार कुवेतबाट नेपालका लागि उडान भर्नेछ । यस्तै सोमबार, बुधबार र सोमबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रु लिएर फर्कने छ । 





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।