शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चुनावमा काठमाडौँ छाड्नेको लर्को, तस्बिरहरू हेर्नुहोस्

बुधबार, २८ वैशाख २०७९, ०९ : ३२
बुधबार, २८ वैशाख २०७९

वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि काठमाडौँ छाडेर घर जानेहरूको लर्को लागेको छ ।  विशेष गरी काठमाडौँबाट छिमेकी जिल्लाहरूमा जाने मानिसहरू धमाधम गाउँ फर्किन थालेका हुन् ।

काठमाडौँको बालाजु, बल्खु, कलङ्की लगायतका ठाउँमा पनि बसको टिकट काट्नेहरूको लाम देख्न सकिन्छ । ५ वर्षपछि स्थानीय तहको निर्वाचनमा भोट हाल्न जाने मतदाताहरू उत्साहित देखिन्छन् । गाउँ फर्किनेहरूको सङ्ख्या बढिरहेकोले सवारीहरूमा सर्वसाधारण खचाखच भरिएका छन् ।

ट्राफिक प्रहरीका अनुसार हिजोमात्र ५९ हजारले काठमाडौँ छाडेको र आज सो सङ्ख्या थप बढ्ने छ । यता काठमाडौँका सडकमा भने विगतको भन्दा कम सवारी देखिएका छन् । आजदेखि मौन अवधि सुरु भएसँगै दलीय प्रचारप्रसार पनि बन्द भएको छ । हेर्नुहोस् फोटोपत्रकार सुवास श्रेष्ठले कैद गरेका तस्बिरहरू :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप