शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पानी नपर्दा कर्णालीका पहाडी क्षेत्रमा मकै रोप्‍न समस्या

बुधबार, २८ वैशाख २०७९, ०९ : ४६
बुधबार, २८ वैशाख २०७९

समयमै पानी नपर्दा कर्णाली प्रदेशका पहाडी क्षेत्रका किसान समस्यामा परेका छन् । पानी नपर्दा जाजरकोट,रुकुम पश्चिम  र डोल्पाका किसानले मकै राेप्‍न पाएका छैनन् । यहाँका किसान आकाशे पानीकाे भरमा खेती गर्दै आएका छन् ।

काठमाडाैं उपत्यकासहित अन्य पहाडी क्षेत्रमा दिनहुँजस्ताे  वर्षा भइरहे पनि कर्णालीका पहाडी क्षेत्रमा भने वर्षा हुन सकेकाे छैन ।​ नलगाड-८ का किसान शेरबहादुर खत्रीले वैशाखभित्र मकै राेपिसक्नुपर्ने भए पनि वर्षा नहुँदा ढिलाे भएकाे बताए ।

यहाँका किसानले धानकाे बीउ राख्‍न सुरु गरे पनि सिंचाइकाे अभाव रहेकाे छ । वर्षा हुन नसकेकाे र सिंचाइकाे सुविधा नभएकाले धानकाे बीउ राख्‍न पनि समस्या भइरहेकाे उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप