शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बच्चाले चुइङ्गम चपाइरहेका छन् भने हुनुहोस् सावधान !

बुधबार, २८ वैशाख २०७९, ११ : १२
बुधबार, २८ वैशाख २०७९

कहिल्यै सोच्नुभएको छ ? बेलुन पनि कुनै बच्चाको मृत्युको कारण बन्न सक्छ, वा चुइङ्गम खाँदा पनि ज्यान जान सक्छ ।

प्रायः बालबालिकाले अभिभावकबाट यस्ता माग राख्छन्, जसले गर्दा उनीहरुमाथि कुनै अप्रिय घटना हुने गर्दछ । ती मध्ये बेलुन र चुइङगम पनि हुन् ।

बच्चाले बेलुन फुक्दै गर्दा फुट्यो । यसको टुक्रा बच्चाको सास नलीमा फसेका कारण उनको मृत्यु भयो भन्ने खबर हामीले यदाकदा सुन्न पाउँछौँ । कहिलेकाँही बच्चाले चुइङ्गम खाँदा घाँटीमा अड्कियो भनेर केही अभिभावक अस्पताल धाएको पनि हामीले सुन्ने गरेका छौँ ।

भारतका बालरोग विशेषज्ञ नियोनेटोलोजिस्ट डा. मेजर मनिष मन्नतले मेडिकलको भाषामा यसलाई फरेन बडी एस्पिरेशन भनिने जानकारी दिएका छन् । अर्थात्, जुन कुरा सास नलीमा हुनु हुँदैन त्यो गयो । यस्ता घटना धेरै नै आउने गरेको उनी बताउँछन् ।

उनी भन्छन्, ‘सास नली धेरै नै सानो हुन्छ । यसमा केही गयो भने घाँटी थिचेको जस्तो हुन्छ जसका कारण बच्चाको तुरुन्त मृत्यु पनि हुनसक्छ । कहिलेकाँही यस्तो घटनामा थोरै समय पाइन्छ जसको उपचार ब्रोन्कोस्कोपीमार्फत् गर्न सकिन्छ ।’

ब्रोन्कोस्कोपी के हो ?

सासको नली हेर्नका लागि ब्रोन्कोस्कोपी गरिन्छ । यसमा नाक वा मुखमार्फत् एउटा ब्रोन्कोस्कोप हालिन्छ जसमा माइक्रो क्यामरा राखिएका हुनछ । यसले ट्युमर, संक्रमण, सासको नली वा फोक्सोको स्थितिबाट पत्ता लगाउन सकिन्छ ।

डाक्टर मनिष भन्छन्, ‘५ वर्षभन्दा कम उमेरका बच्चालाई यस्ता चिज नदिनुहोस् जसले गर्दा कुनै अप्रिय घटनाको खतरा हुन्छ । बच्चाले यदि बेलुनसँग खेलिरहेका छन् भने उनीहरुमाथि निगरानी राख्नुहोस् । साथै, उनीहरुलाई मुखमा केही कुरा हाल्न नदिनुहोस् । बच्चालाई बदाम, ओखर, मकैका दानालगायत सिधै खान नदिनुहोस् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप