अल जजिराकी पत्रकार शिरिनकाे इजरायली सेनाद्वारा गोली हानी हत्या
बुधबार, २८ बैशाख २०७९, ११ : २६

अल–जजीराकी एक पत्रकारलाई बुधबार बिहान इजराइली बलले ओगटेको वेस्ट बैंक सहर जेनिनमा इजरायली आक्रमणबारे समाचार कभर गर्ने क्रममा गोली हानी हत्या गरिएको छ । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले यसबारे जानकारी दिएको हो ।
अरबी भाषा च्यानलका लागि प्रसिद्ध प्यालेस्टिनी रिपोर्टर शिरिन अबू अक्लेहलाई गोली हानिएको र लगत्तै उनको मृत्यु भएको बताइएको छ । जेरुसेलममा रहेको अल–कुड्स अखबारका लागि काम गर्ने अर्का प्यालेस्टिनी पत्रकार घाइते भएका छन् । उनको अवस्था स्थिर छ ।
स्वास्थ्य मन्त्रालयले पत्रकारहरू इजरायली गोलीबारीबाट प्रभावित भएको बताएको छ । सेनाले यसबारे कुनै टिप्पणी गरेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानको मस्जिदमा विस्फोट : मृत्यु हुनेको सङ्ख्या ८७ पुग्यो
-
सबै तुइन झोलुङ्गे पुलद्वारा विस्थापित
-
अपडेट: पाकिस्तानको पेशावर आक्रमणमा कम्तीमा ५९ जनाको मृत्यु, उच्च सुरक्षा क्षेत्रमा विस्फोट
-
नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमा कायमै
-
ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी गर्दा राप्रपा नेपालका उपाध्यक्ष पक्राउ
-
सर्पपालनको टुङ्गो छैन, खरिद गरिएको जमिन चरन क्षेत्र बन्दै