शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आजदेखि आईपीओ खुलेको रिभर फल्सको कस्तो छ वित्तीय अवस्था ?

बुधबार, २८ वैशाख २०७९, १५ : ००
बुधबार, २८ वैशाख २०७९

आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ)को बिक्री खुलाएको रिभर फल्स पावर कम्पनी​को  प्रतिसेयर नेथवर्क आर्थिक वर्ष २०७५/७६ मा ८८.६६ थियो । यस्तै, आर्थिक वर्ष २०७६/७७ मा कम्पनीको प्रतिसेयर नेटवर्थ ८९.६३ रुपैयाँ थियो । यसैगरी, २०७८ पुस मसान्तमा ८६.६१ रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ चालू आर्थिक वर्ष २०७८/७९ मा ९२.५६ रुपैयाँ र आगामी आर्थिक वर्षमा १०२.७१ रुपैयाँ पुग्नेछ ।

यसैगरी, २०७५ सालमा प्रतिकित्ता १.०६ रुपैयाँ रहेको आम्दानी चालू आर्थिक वर्षमा बढेर १०.०५ रुपैयाँ पुगेको छ । यसैगरी, आगामी आर्थिक वर्षमा यसको प्रतिसेयर आम्दानी १३.४७ रुपैयाँ पुग्ने धितोपत्र बोर्डले जानकारी दिएको छ ।

कम्पनीले प्रबद्र्धन गरिरहेको १०.३० मेगावाट क्षमताको पिलुवा खोला जलविद्युत आयोजनाको कूल अनुमानित लागत प्रति मेगावाट १८ करोड ६ लाख १५ हजार रुपैयाँ छ । उक्त आयोजनाबाट विद्युत उत्पादन अनुमती पत्र बहाल रहने अवधि २०७० सालदेखि २१०५ सम्म छ । यसैगरी, ६.३२ वर्षमा कम्पनीको गरिएको लगानी फिर्ता हुने छ ।

कम्पनीले आजदेखि सर्वसाधारण, कर्मचारी र सामूहिक लगानी कोषका लागि २७ लाख ३० हजार सेयरको बिक्री खुलाएको हो ।जसमध्ये कर्मचारीलाई ५४ हजार ६०० कित्ता, सामूहिक लगानी कोषलाई १ लाख ३६ हजार ५०० कित्ता र सर्वसाधारणका लागि २५ लाख ३८ हजार ९०० कित्ता सेयर छुट्याइएको छ । सेयर बिक्री खुला जेठ ४ गतेसम्म रहने छ भने उक्त अवधिमा माग अनुसारको आवेदन नपरेमा जेठ ११ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । सेयर लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ लाख कित्तासम्म आवेदन दिन पाउने बिक्री प्रबन्धकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप