शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जेठ १ गतेदेखि बैंकहरू शनिबार र आइतबार दुई दिन बन्द हुने

बुधबार, २८ वैशाख २०७९, १५ : ११
बुधबार, २८ वैशाख २०७९

आगामी जेठ १ गतेदेखि बैंकहरू पनि सातामा दुई दिन बन्द हुने भएका छन् । यसअघिको सरकारी निर्णय सातामा दुई दिन, शनिबार र आइतबार विदा दिने निर्णय भएसँगै बैंकहरू पनि सो दिन बन्द हुने भएका हुन् । 

बुधबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले सरकारी निर्णय बमोजिम वित्तीय क्षेत्र पनि दुई दिन बन्द गरिने निर्णय भएको र सोही निर्णय बमोजिम कार्य गर्न तथा गराउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको हो । तर, कार्यालय खुल्ला हुने दिन सोमबारदेखि शुक्रबारसम्म पाँच दिन भने बिहान ९:३० देखि ४:०० बजेसम्म नै बैंक खुल्ला राख्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

कात्तिक १६ देखि माघ १५ गतेसम्म भने यस्तो कार्यालय समय ९:३० बजेदेखि ३:३० बजेसम्म मात्र कायम हुने बैंकले जनाएको छ । यता अन्य कार्यालयहरु भने विहान ९:३० बजेदेखि ५:३० बजेसम्म खुल्ला राख्नुपर्ने सरकारी व्यवस्था छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप