
शेष घलेविरुद्ध कानुनी कारबाहीमा जाने एनआरएनएको चेतावनी

गैरआवासीय नेपाली संघले संस्थाको लोगो दुरुपयोग गर्नेविरुद्ध कानुनी कारबाही गर्ने चेतावनी दिएको छ । बुधवार संघले एक विज्ञप्ति जारी एनआरएनको आधिकारिक नाम र लोगोको अनाधिकृत रुपमा प्रयोग भएको भन्दै कानुनी कारबाहीको चेतावनी दिएको हो ।
संघका प्रवक्ताद्वय सोम सापकोटा र शिवकुमार बरुवालद्वारा जारी विज्ञप्तिमा भनिएको छः ‘संघको आधिकारिक निकायबाहेक अन्य जो कोहीले पनि संघको लोगो र लेटरहेड प्रयोग सम्बन्धी कार्यविधि विपरित गैरआवासीय नेपाली संघको नाम र लोगो दुरुपयोग गरी प्रेषित गरिएका पत्रहरूप्रति हाम्रो गम्भीर ध्यानकर्षण भएको छ ।’
अनाधिकृत रुपमा संघको नाम र लोगोका दुरुपयोग गरी पठाइने कुनै पनि पत्र गैरआवासीय नेपाली संघको आधिकारिक पत्र नभएकोले यससम्बन्धि कुनै पनि भ्रममा नपर्नका संघले सबैलाई अनुरोध गरेको छ । संघका पूर्वअध्यक्ष शेष घले समूह र उनले अध्यक्षका रुपमा अघि सारेका विनोद कुँवरले लोगो दुरुपयोग गरेको आरोप लाग्दै आएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ