
सिटौला र उपाध्यायलाई ‘नइ अन्तर्राष्ट्रिय पुरस्कार’

नइ प्रकाशनले २०७८ सालको ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ नेपाली वाङ्मयको श्रीवृद्धिका लागि सिर्जना र सङ्गठनमार्फत निरन्तर जागरुक र समर्पित हुँदै नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याउनुहुने प्रा. मोहन सिटौलालाई समर्पण गर्ने निर्णय गरेको छ । ताम्रपत्रका साथ यस पुरस्कारको राशि दुई लाख रुपैयाँ रहेको छ ।
यसैगरी नइ प्रकाशनले समालोचना, कविता, निबन्ध, नाटक, अनुवाद आदि सिर्जनाद्वारा नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि महत्त्वपूर्ण योगदान पुर्याउनुहुने भारत असमका श्री छविलाल उपाध्यायलाई ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ । ताम्रपत्रका साथ यस पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ ।
यी दुवै पुरस्कार अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाएका मध्ये एक जना विशिष्ठ नेपाली गोर्खाली मूलका विदेशी व्यक्तित्वलाई हरेक वर्ष समर्पण गरिँदै आएको नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईद्वरा जारी विज्ञप्तीमा जनाइएको छ ।
नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ