
तोलामा ८०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको पनि बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज स्थानीय बजारमा सुनको मूल्य बढेको जानकारी दिएको छ । आजको कारोबार मूल्य तोक्दै सुनको भाउ प्रतितोला ८०० रुपैयाँले बढेको महासंघले जानकारी दिएको हो । मूल्य बढेसँगै आज छापावाल सुनको मूल्य तोलामा ९७ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा ९७ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ९६ हजार ५०० रुपैयाँ थियो ।
वैशाख ५ गते प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँ कारोबार मूल्य रहेको सुनको मूल्य त्यसयता लगातार घटिरहेको छ । आजसम्म आइपुग्दा प्रतितोला ४ हजार ७०० रुपैयाँ छ । यस्तै, पछिल्लो समय चाँदीको मूल्य पनि निरन्तर घटिरहेको छ ।
आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेपनि समग्रमा वैशाख ५ गतेयता चाँदीको मूल्य घटेको छ । वैशाख ५ गते तोलामा १४ सय २० रुपैयाँ रहेको चाँदीको मूल्य आज तोलामा १२ सय ८५ रुपैयाँ छ । हिजो यसको मूल्य तोलामा १२ सय ८० रुपैयाँ थियो ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ