बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्र बैंकले पौने १४ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्दै

बिहीबार, २९ वैशाख २०७९, १३ : ३७
बिहीबार, २९ वैशाख २०७९

नेपाल राष्ट्र बैंकले बिहीबार पौने १४ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले आगामी जेठ ३ गते सर्वजनिक गर्नेगरि आज कुल १३ अर्ब ७४ करोड ५ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको हो । 

एक सूचना जारी गर्दै बैंकले आज दिउँसो ३ बजे उक्त ट्रेजरी बिलको बोलकबोल हुने जनाएको छ । इच्छुक लगानीकर्ता वा बिल खरिदकर्ताले सो समयभित्र आवेदन दिइसक्नुपर्नेछ । बैंकले तीन किसिमको बिल सार्वजनिक गर्न लागेकोमा ९१ दिनका लागि २ अर्ब रुपैयाँ छुट्याएको छ भने १८२ दिनका लागि ९ अर्ब ८५ करोड ५ लाख रुपैयाँ र ३६५ दिनका लागि १ अर्ब ८९ करोड रुपैयाँ छुट्याएको छ । ट्रेजरी बिल २०७९ जेठ ३ गतेदेखि जारी भएर अधिकतम ३६५ दिनको आगामी वर्ष २०८०, जेठ २ गते परिपक्व हुनेछ । 

ट्रेजरी बिल खुल्ला प्रतिस्पर्धाबाट बाँडफाँड गरिने भनिएपनि अधिकतम ८५ प्रतिशत प्रतिस्पर्धात्मक प्रणालीबाटै र बाँकी १५ प्रतिशत भने विनाप्रतिस्पर्धा बाँडफाँड गरिने बैंकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप