कालिकोटमा ५९५ कर्मचारी खटिए
बिहीबार, २९ वैशाख २०७९, १४ : ०८

शुक्रबार हुने स्थानीय तहका निर्वाचनका लागि कालिकोटमा ५९५ कर्मचारी मतदानस्थलमा खटिएका छन् । जिल्लाको नौ वटै स्थानीय तहमा मतदान अधिकृत तथा निर्वाचन सामग्रीसहित कर्मचारी खटिएका हुन् ।
स्थानीय तहको निर्वाचनमा जिल्लामा ५९५ कर्मचारी खटिएकामध्ये ११९ मतदान अधिकृत, ११९ सहायक मतदान अधिकृत र अन्य कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत लालकाजी श्रेष्ठले बताए ।
जिल्लामा ४१ हजार ९४४ पुरुष र ३८ हजार ४७२ महिला गरि कूल ८० हजार ४१६ मतदाता रहेका छन् । त्यसका लागि ९१ हजार मतपत्रसहित आवश्यक निर्वाचन सामग्री मतदान केन्द्र तथा मतदानस्थलमा पुगिसकेको जिल्ला निर्वाचन कार्यालय कालिकोटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब तनहुँको गाउँमा पनि ‘डायलासिस’ सेवा, चार जिल्लाका विरामीलाई पायक पर्ने
-
लगानी गर्ने ठाउँ खोज्दै कोरियाली टोली झापा पस्यो
-
उद्योग वाणिज्य महासंघले सरकारलाई बुझायो नीति तथा कार्यक्रममा समेट्नुपर्ने सुझाव
-
१५ दिनभित्र बाँकी क्याम्पसमा स्ववियु निर्वाचन गर्न त्रिविको निर्देशन
-
१२ बजे, १२ समाचार : आरआर क्याम्पसमा लागेको ताला खुलादेखि कांग्रेसमा सदस्यताको लफडासम्म
-
नाइजेरियामा सङ्कटकाल घोषणा