
आथिया र केएल राहुलको विवाहबारे बोले पिता सुनिल

बलिउड अभिनेत्री आथिया शेट्टी र भारतीय क्रिकेट टोलीका उपकप्तान केएल राहुलको विवाहको खबरमा उनका पिता सुनील शेट्टीले आफ्नो प्रतिक्रिया दिएका छन् । सुनिलले आफ्नो छोरीको बिहे एक दिन अवश्य हुने र आफूलाई केएल राहुल मनपर्ने बताएका हुन् ।
उनले थपे, ‘आथिया मेरी छोरी हुन् र उनको एक दिन अवश्य विवाह हुनेछ । म चाहन्छु कि मेरो छोराको पनि बिहे चाँडो होस् । यो उनीहरूको रोजाइ हो। जहाँसम्म केएल राहुलको सवाल छ, मलाई उनी मनपर्छ। तिनीहरूले के गर्न चाहन्छन् भनेर उनीहरुले नै निर्णय गर्ने हो, किनभने समय परिवर्तन भएको छ। अहिले छोरी र छोरा दुवै जिम्मेवार भइसकेका छन् । उनले जे निर्णय गरे पनि मेरो आशिर्वाद सधै उहाँको साथमा छ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ