
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुरमा फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा उपमहानगर घर भएर हाल काठमाडौँको नयाँ बानेश्वर बस्ने ३८ वर्षीय रामहरि अधिकारी रहेका छन् ।
अधिकारीले स्ट्याण्डर्ड चार्टड बैंक लिमिटेड नयाँ बानेश्वर शाखामा रहेको खाताहरूमा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी जाहेरवालाहरूलाई झुक्यानमा पारेको भन्दै उच्च अदालत पाटनले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा जम्मा ५ दिन कैद १७ लाख ४२ हजार रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो । त्यसयता फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्युरोबाट परिचालित टोलीले बिहीबार शान्तिनगरबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरेको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ