जलविद्युत् कम्पनी एकापसमा गाभिँदै
बैंक तथा वित्तीय संस्था एकापसमा गाभिएका छन् । त्यस्तै पछिल्लो पटक बीमा कम्पनी पनि एकापसमा गाभिने सम्झौता गरेका छन् । नेपालको बैंकिङ इतिहासमा सबैभन्दा बढी संस्थालाई गाभ्ने वित्तीय संस्थाको रुपमा ग्लोबल आइएमई बैंकलाई लिइन्छ । सो बैंकले एक दर्जन बढी संस्थालाई आफूहरूमा समाहित गरेको छ ।
त्यस्तै, नबिल बैंक र नेपाल बङ्गलादेश बैंकले एक आपसमा गाभिने सम्झौता गरेका छन् । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच गाभिने सम्झौता खारेज भएको छ । नेपाल राष्ट्र बैंकले एकापसमा गाभिन पाउने नीतिगत व्यवस्था गरेको छ । त्यसबाट सकारात्मक नतिजा समेत हासिल भएको छ ।
यसै क्रममा जलविद्युत् कम्पनी पनि एकापसमा गाभिने तयारी गरेका छन् । जलविद्युत् कम्पनीको नियमन गर्ने विद्युत् नियमन आयोगले दुई जलविद्युत् कम्पनीलाई एकापसमा गाभिनका लागि स्वीकृति प्रदान गरेको छ ।
एउटै लगानीकर्ता रहेका जलविद्युत् कम्पनीले एक आपसमा गाभिनका लागि आयोगसँग अनुमति मागेका थिए । यही क्रममा रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीबीच गाभिने सम्झौता भएको छ । ती कम्पनी गाभिएपछि कूल संयुक्त चुक्ता पुँजी रु एक अर्ब १४ करोड ५५ लाख ५८ हजार कायम हुनेछ । आयोगको यही वैशाख २६ गते बसेको १५६ औँ बैठकले गाभिनका लागि सहमति दिएको छ ।
आयोगले प्रचलित कानुनबमोजिम लाभकरलगायत अन्य कर बुझाउनुपर्ने भएमा सम्बन्धित निकायका सो कर बुझाउनुपर्नेछ । कम्पनीले आयोगबाट समय सयममा जारी भएको मापदण्ड, संहिता तथा संस्थागत सुशासनसम्बन्धी निर्देशन पालना गर्नुपर्नेछ । कम्पनी गाभिने सम्बन्धमा अन्य प्रचलित ऐन, नियमावली वा निर्देशिका र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको व्यवस्था पालना गर्नुपर्ने भएमा सोकोसमेत पालना गर्नुपर्नेछ । आयोगले अन्य समान लगानीकर्ता भएका कम्पनीलाई पनि एकापसमा गाभिनका लागि प्रेरित गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य मन्त्रालयले कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारबाही गर्ने
-
केन्द्रीय चिडियाखानामा विद्युतीय सवारी, तस्बिरहरू
-
ट्राफिक प्रहरीको लापसे चेकिङ : ५ जना चालक नियन्त्रणमा
-
भारतको सहयोगमा दार्चुलामा ६ करोड लागतमा दुई विद्यालय भवन
-
वैशाख १२ देखि सुरु हुने चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा
-
नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर