बुटवलमा चुनावी रौनक : आयोगको तयारी पुरा, मतदाता उत्साहित (तस्बिरहरु)
भोलि हुने स्थानीय तहको निर्वाचनको मतदान गर्न बुटवलका मतदाता तीव्र प्रतीक्षामा रहेका छन् । बुटवल-८ को सडक डिभिजन कार्यालयमा रहेको मतदान केन्द्रमा आज दिउँसो मतदाता परिचय पत्र लिन आएका रमेश खनालले आफू मतदानका लागि उत्साहित भएका रातोपाटीलाई बताए ।
यता जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले स्थानीय तह निर्वाचनका लागि सबै तयारी पूरा गरेको जनाएको छ । रुपन्देहीमा मुख्य निर्वाचन अधिकृत धनसिंह महराले स्वच्छ, मर्यादित र व्यवस्थित तरिकाले निर्वाचन सम्पन्न गर्न मतदान केन्द्रको व्यवस्थापन गर्ने र जनशक्ति परिचालनका लागि कर्मचारीको व्यवस्थापन भएको रातोपाटीलाई बताए ।

यस अघिको प्रदेश एवं प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा २०८ मतदान स्थलमा ६१० मतदान केन्द्र थिए । मतदाताको सङ्ख्या बढेकाले मतदान केन्द्र थपेर एक हजार मतदाताका लागि एक मतदान केन्द्र तोकिएको छ । बुटवल उपमहानगरपालिकामा मात्रै २३ हजार बढी नयाँ मतदाता थपिएका छन् । बुटवल-४ स्थित मतदान केन्द्र निर्वाचन अधिकृत सीता घिमिरेले भोलि हुने निर्वाचनमा यदि पानी परेको खण्डमा मतपत्र सुरक्षित गर्ने उपाय अपनाइएको र मतदाताहरूको लाइनमा पनि त्रिपाल टाँगेर सुरक्षित गरिएको बताइन् ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
-
मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण