शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सुवासलाई उपाधि सूर्य नेपाल गल्फ

बिहीबार, २९ वैशाख २०७९, १९ : ०९
बिहीबार, २९ वैशाख २०७९

सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको उपाधि एमेच्योर गल्फर सुवास तामाङले जितेका छन् । गोकर्ण गल्फ क्लबको कोर्समा बिहीबार भएको फाइनल खेलमा सुवासले प्रोफेसनल गल्फर शुक्र बहादुर राई र भुवन नगरकोटीलाई ७ स्ट्रोक्सले पछि पार्दै उपाधि जितेका हुन । यससँगै सुवास गल्फको मुख्य तीन उपाधि जित्ने पहिलो एमेच्योर खेलाडी समेत बनेका छन् । १३ औँ सागका दुई स्वर्ण विजेता सुवासले यस अघि २०१९ मा सूर्य नेपाल च्यालेन्ज र अप्रिलमा सूर्य नेपाल वेस्टरन ओपन जितेका थिए ।

अन्तिम दिन ४ अन्डर ६८ अङ्क जोडेका सुवासले कुल १९ अन्डर २ सय ६९ अङ्क जोडे । शुक्र र भुवनले कुल १२ अन्डर २ सय ७८ अङ्क जोडेका थिए । व्यावसायिक खेलाडीतर्फ संयुक्त पहिलो बनेका शुक्र र भुवनले समान १ लाख ११ हजार ५ सय प्राप्त गरे । एमेच्योर खेलाडी भएकाले सुवासले नगद पुरस्कार भने प्राप्त गर्न सकेनन् । रवि खड्का ६ अन्डर २ सय ८२ अङ्कसहित समग्रमा चौथो तथा व्यावसायिकतर्फ तेस्रो बने । उनले ६५ हजार प्राप्त गरे । नीरज तामाङले कुल ६ अन्डर २ सय ८४ अङ्कसहित चौथो बन्दै ५३ हजार ५ सय नगद पाए । धन बहादुर थापाले ३ अन्डर २ सय ८५ अङ्कसहित पाँचौँ बन्दै नगद ४५ हजार प्राप्त गरे । नेपाल गल्फर एसोसियनले आयोजना गरेको प्रतियोगितामा ३१ प्रोफेसनल र १३ एमेच्योर गल्फरको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप