शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

युएईको जेलबाट ८७ दिनपछि पत्रकार उमाकान्त पाण्डे रिहा

शुक्रबार, ३० वैशाख २०७९, ०७ : १५
शुक्रबार, ३० वैशाख २०७९

युएईमा जेल परेका पत्रकार उमकान्त पाण्डे रिहा भएका छन् । ८७ दिनको अबुधावीस्थित केन्द्रीय कारागार बसाइँपछि युएईमा रहेका पत्रकार उमाकान्त पाण्डे आज रिहा भएको पत्रकार महासंघका महासचिव रोशन पुरीले जानकारी दिए । 

नेपाली दूतावासका बारेमा फेसबुकमा टिप्पणी गरेको आरोपमा पाण्डेविरुद्ध नेपाली दूतावासले नै युएई प्रहरीमा उजुरी गरेको थियो । पाण्डेको रिहाइका लागि नेपाल पत्रकार महासंघले नेपाल सरकारका विभिन्न निकाय र प्रेस तथा अभिव्यक्ति स्वतन्ताको पक्षमा काम गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायसँग पहल गरेको थियो । 

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निरन्तर लाग्ने अन्तर्राष्ट्रिय पत्रकार महासंघ ९आइएफजे०, आरएसएफ, युएई पत्रकार संघ, आइएफजे मिडिलिष्टलगायतले उनको रिहाइका लागि सहयोग गरेका छन् । 

महासंघले युएई प्रहरीमा दूतावासले गरेको उजुरी, पाण्डेका विषयमा अदालतको फैसला, अदालतलाई नेपाली दूतावासको तर्फबाट लेखिएको पत्रलगायतका महत्वपूर्ण कागजात प्राप्त गरेपछि नेपाल सरकारलाई दबाब परेको थियो ।

महासंघले घटनामा संलग्न दूतावास र परराष्ट्र मन्त्रालयका अधिकारीलाई तत्काल कारबाही गरिनुपर्ने माग गरेको छ । 

रिहा भएपछि फोन गरेर पाण्डेले महासंघलगायत आफ्नो रिहाइका लागि पहल गर्ने सबै व्यक्ति, संघसंस्थालाई धन्यवाद दिएको पुरीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप