
टोटनहमले १० खेलाडीमा सीमित आर्सनललाई हरायो

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बिहीबार राति भएको खेलमा टोटनहमले आर्सनललाई ३-० अन्तरले पराजित गरेको छ । लण्डन डर्बीको खेलमा आर्सनल १० खेलाडीमा सीमित भएको थियो । टोटनहमका लागि ह्यारी केनले दुई तथा ह्युङ मीन सनले एक गोल गरे ।
पहिलो हाफमा दुई गोल गरेको टोटनहमले दोस्रो हाफमा थप एक गोल गरेको थियो । खेलको ३३औँ मिनेटमा रब होल्डिङले दोहोरो पहेँलो कार्ड पाउँदा आर्सनल १० खेलाडीमा सीमित भएको थियो । खेलपछि आर्सनल ६६ अंकका साथ चौथो स्थानमा छ भने टोटनहम ६५ अंकका साथ पाँचौ स्थानमा छ ।
अब २ खेल बाँकी हुँदा शीर्ष चारका लागि टोटनहम र आर्सनलबीच च्याम्पियन्स लिगमा स्थान बनाउन प्रतिस्पर्धा हुनेछ । म्यानचेस्टर सिटी ८९ अंकका साथ शीर्ष स्थानमा छ । लिभरपुल ८६ अंकका साथ दोस्रो तथा चेल्सी ७० अंकका साथ तेस्रो स्थानमा छ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ