शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कट्रिना गर्भवती भएको खबरमा कत्तिको छ वास्तविकता ?

शुक्रबार, ३० वैशाख २०७९, १२ : १४
शुक्रबार, ३० वैशाख २०७९

बलिउडकी ग्ल्यामर गर्ल कट्रिना कैफको विषयमा विभिन्न खबर भारतीय सञ्चार माध्यममा आइरहेका छन् । ती सञ्चार माध्यमका अनुसार कट्रिना कैफ गर्भवती भएकी छिन् । उनको गर्भ दुई महिनाको भइसकेको पनि बताइँदै छ । तर यो खबर मात्र एक अफवाह भएको बताइएको छ ।

कट्रिना आफैँले यो खबर खारेज गरिदिएकी छिन् । इटाइम्सले कट्रिना कैफको समूहसँग उनी गर्भवती भएको बारे कुरा गरेको छ । नायिकाको टिमले उनी गर्भवती नभएको स्पष्ट पारेको छ । उनी हाल आफ्नो करियरमा केन्द्रीत रहेको उनीहरुले बताए । साथै श्रीमान् विक्की कौशलसँग आफ्नो विवाहको सुरुवाती दिनमा रमाइरहेकी छिन् । विक्कीका प्रवक्ताले पनि यो कुरालाई गलत बताएका छन् ।

६ महिना अघि कट्रिना र विक्कीले विवाह गरेका छन् । ९ डिसेमबरमा कट्रिना र विक्कीले राजस्थानको स्वाई माधोपुरस्थित सिक्स सेन्सेज फोर्ट, बरवाडामा विवाह गरेका थिए । विवाहपछि यी दुईको रोमान्टिक तस्बिर निकै भाइरल भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप