ad
x

रनिल विक्रमासिंघे : दुई वर्षपछि श्रीलंकाको राजीतिमा कम ब्याक

person explore access_timeबैशाख ३०, २०७९ chat_bubble_outline0

वकिल हुँदै राजनीतिमा लागेका श्रीलंकाका नयाँ प्रधानमन्त्री रनिल विक्रमासिंघे ४५ वर्षदेखि संसद् सदस्य छन् । सन् २०२० को अगस्टमा जारी संसदीय निर्वाचनमा लज्जास्पद पराजय चाखेको युनाइटेड नेसनल पार्टी (यूएनपी) का नेता विक्रमासिंघेको दुई वर्षपछि महत्वपूर्ण कम ब्याक भएको छ । विक्रमासिंघेले आफ्नो साढे चार दशक लामो राजनीतिक करियरमा धेरै महत्वपूर्ण पदहरू सम्हालेका छन् । 


श्रीलंकाका प्रथम कार्यकारी राष्ट्रपति जुनियस जयवर्धनेका भतिजा विक्रमासिंघे राष्ट्रपति रानासिंघे प्रेमदासाको हत्यापछि सन् १९९३–१९९४ सम्म पहिलो पटक प्रधानमन्त्री नियुक्त भएका थिए ।



सन् २००१ को आमनिर्वाचनमा युनाइटेड फ्रन्ट गभर्मेन्ट विजयी भएपछि उनी सन् २००१–२००४ सम्म प्रधानमन्त्रीका रूपमा पनि निर्वाचित भएका थिए ।



तर, चन्द्रिका कुमारतुंगाले मध्यावधि निर्वाचन आह्वान गरेपछि सन् २००४ मा उनी सत्ताच्युत भएका थिए । प्रधानमन्त्रीको रूपमा आफ्नो कार्यकालमा उनले लिबरेसन टाइगर्स अफ तमिल इलम (एलआइटीटीई) सँग शान्ति वार्ता सुरु गरेर सत्ता साझेदारी सम्झौताको प्रस्तावसमेत गरेका थिए । 



नवनियुक्त प्रधानमन्त्री रनिल विक्रमासिंघेले आफ्नो कार्यकालमा भारतसँग घनिष्ट सम्बन्धको अपेक्षा गरेको बताउँदै आर्थिक संकटको सामना गर्न भारतले गरेको आर्थिक सहयोगका लागि धन्यवाद दिएका छन् । 



विक्रमासिंघेले बिहीबार देशको २६ औँ प्रधानमन्त्रीका रूपमा सपथ लिएका थिए । कोलम्बोस्थित भारतीय उच्चायोगले विक्रमासिंघेलाई  स्वागत गर्दै राजनीतिक स्थायित्वको आशा राखेको र प्रजातान्त्रिक प्रक्रियाअनुसार बनेको श्रीलंका सरकारसँग काम गर्न तत्पर रहेको  जनाएको छ । ‘श्रीलंकाका जनताप्रति भारतको प्रतिबद्धता जारी रहनेछ’,  उच्चायोगले ट्वीटमा भन्यो ।







कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X