नाइजेरियामा कुटपिट गरी छात्राको हत्या
एउटा क्रुर घटनामा नाइजेरियामा एक छात्रालाई कुटपिट गरी हत्या गरेर जलाइएको छ । व्हाट्सएपमा निन्दनीय भनाई पोस्ट गरेको आरोपमा साथीहरूले छात्रालाई कुटपिट गरी आगो लगाइदिएका पुलिस र साक्षीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
नाइजेरियाको उत्तरपश्चिमी राज्य सोकोटोमा उक्त पाशविक घटना भएको हो । विद्यार्थीको मृत्युपछि तत्काल विद्यालय बन्द गरिएको थियो । उक्त घटनामा दुई संदिग्ध पक्राउ परेका छन् । मारिने व्यक्ति डेबोरा सामुएल भएको सोकोटो राज्य कमान्डका प्रवक्ताले बताए ।
‘विद्यार्थीहरूले प्रयोग गरिरहेको एउटा व्हाट्सएप समूह छ । त्यहाँ उनको मुस्लिम सहकर्मी विद्यार्थीले इस्लामिक विषय पोस्ट गरेका थिए । सो पोस्टको उनले आलोचना गरिन् । उनले एक अडियो पोस्ट गरिन, जसमा इस्लामका धर्मगुरु पैगम्बरप्रति निन्दापूर्ण टिप्पणीहरू छन्’, एक साक्षीको भनाइ उदृत गर्दै रोयटर्सले जनाएको छ । विद्यालय सुरक्षा र प्रहरीले पीडितलाई बचाउने प्रयास गरे पनि नसकिएको प्राप्त विवरणहरूमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ