मेयरका उम्मेदवार मतदान बुथभित्र प्रवेश गरेको भन्दै हातपात

धादिङको नीलकण्ठ नगपालिकाका मेयरका उम्मेदवार भीम प्रसाद ढुंगानामाथि हातपात भएको छ । नेपाली काँग्रेसबाट मेयरको उम्मेदवार रहेका उनी चुनावी आचारसंहिताविपरीत निलकण्ठ ५ स्थित पञ्चकन्या माविको बुथभित्र प्रवेश गरेपछि एमाले र माओवादी समर्थित कार्यकर्ताले हातपात गरेका हुन् ।
आचारसंहिता विपरीत बुथभित्र प्रवेश गरेको विषयमा दुई पक्षबीच भनाभन हुँदा उनीमाथि हातपात भएको हो । यद्यपि उनीमाथि कुनै चोटपटक भने लागेको छैन ।
एमाले र माओवादी सममर्थकले ढुंगानाले आचारसंहिता विपरीत मत मागेको आरोप समेत लगाएका छन् । ढुंगाना मतदान केन्द्रहरुको निरीक्षण भ्रमणका क्रममा नीलकण्ठ ५ स्थित पञ्चकन्या माविमा रहेको मतदान केन्द्रमा पुगेका थिए ।
यस विषयमा ढुंगानाले आचारसंहिता उलंघन नगरेको जिकिर गरे । आफू मतदान भित्र प्रवेश गर्न पाउने जिकिर गर्दै उनले प्रवेश गर्नेबित्तिकै आक्रमण गर्ने काम भएको बताए ।
यस्तै वडाध्यक्षमा उम्मेदवार रामुकमार श्रेष्ठमाथि समेत कुटपिट भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशको प्रश्न– सबै (जाहेरवाला र प्रतिवादी) अमेरिका जान खोज्नुको कारण के रहेछ ?
-
बुटवलका मासु पसलमा अनुगमन
-
प्रतिनिधिसभा सदस्यको संख्या १६५ बनाउन सांसद देवकोटाको माग
-
सदभाव र सुवासलाई तीन स्ट्रोकको अग्रता
-
एसईईको नतिजा नआई कक्षा ११ को भर्ना नगर्न काठमाडौँ महानगरको निर्देशन
-
प्रदेशसभा स्थगित गरिएकोप्रति कांग्रेसको आपत्ति