भोट हाल्न जाँदा आमा र गर्भवती श्रीमती गुमाए
जन्मदिने आमा र गर्भवती श्रीमती गुमाएका अर्जुन कुँवर यतिखेर विक्षिप्त छन् । ३१ वर्षीय अर्जुन दुःख भुलाउन गण्डकी मेडिकल कलेज पोखराको बेडमा उपचार गराइरहेका आफ्ना तीन वर्षीय छोरा अनिशको मुख हेरिहन्छन् । तर, अबोध बालकमा पनि उस्तै दुःखको पहिरो छ ।
स्याङ्जाको वालिङ नगरपालिका–१४ थुमपोखराका अर्जुन तिनै व्यक्ति हुन्, जसले स्थानीय तह निर्वाचनमा मतदाता बोकेको जिप दुर्घटनामा परिवारका सदस्य, आफन्त गरी पाँच जना गुमाएका छन् ।
उनका २५ वर्षीया दुई जिउकी श्रीमती धनमाया कुँवर (जमुना) साथमा पेटको बच्चा, ५३ वर्षीया आमा तोपकुमारी कुँवर, कान्छी आमा (काकी) ५० वर्षीया टेककला कुँवर र मावली हजुरआमा ९० वर्षीया हरिकला कुँवर गुमाएका हुन् ।
‘सरकारका लागि भोट हाल्न भनेर जान लाग्दा यस्तो दुर्दशा देख्नुपर्‍यो,’ अर्जुनका गहभरी आँसु भरिए, ‘नसोचेको भयो । धन्न जेठो छोरा जिउँदो छ ।’ आमासँगै जिप चढेर वालिङ १४, सिख्रेबाट तिवारी पसलस्थित मतदान केन्द्रमा जान लागेका अर्जुनका तीन वर्षीय छोरा अनिशको शरीरभरि चोट लागेको छ । टाउकाको सिटी स्क्यान गरिएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाउपाभित्र खैलाबैला : दामोदर पनि रेशमको लाइनमा उभिएपछि एक्लिन् रञ्जिता
-
जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन
-
भूराजनीतिको भूमरीमा बीआरआई परियोजना
-
शैलेन्द्रको साथले बागमती सरकार जोगियो, अन्य प्रदेशमा कस्तो असर गर्ला ?
-
बागमती प्रदेशसभा बैठक १९ गते बस्ने
-
जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा परेको छ : मन्त्री बस्नेत