पन्जाबसँग हार्दा बेंगलोरको प्लेअफ कठिन
शनिबार, ३१ वैशाख २०७९, ०७ : ३९
पन्जाब किंग्ससँग ५४ रनले पराजित भएसँगै इन्डियन प्रिमियर लिग (आइपीएल) टी-२० क्रिकेट प्रतियोगितामा रोयल च्यालेन्जर्स बेंगलोरको प्लेअफ यात्रा कठिन बनेको छ ।
शुक्रबार राति जितको लागि २१० रनको लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५५ रन बनायो । बेंगलोरका ग्लेन म्याक्सवेलले सर्वाधिक ३५ रन बनाए । पन्जाबका कागिसो रबाडाले ३ विकेट लिए ।
यसअघि मुम्बईमा टस हारेर ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँँदै २०९ रन बनायो । लियाम लिभिङस्टोनले सर्वाधिक ७० रन बनाए । यस्तै, जोनी बेयरस्टोले ६६ रनको योगदान गरे । बेंगलोरका हर्षल पटेलले ४ विकेट लिए ।
बेंगलोर १३ खेलबाट १४ अंकका साथ चौथो स्थानमा छ । पन्जाब १२ खेलबाट १२ अंकका साथ छैटौं स्थानमा छ । यसअघि नै शीर्ष स्थानमा रहदै गुजरात प्लेअफमा स्थान बनाइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराको फोहोर व्यवस्थापनमा कोइकाले १० मिलियन डलर दिने
-
इरानी राष्ट्रपतिको पाकिस्तान भ्रमणमा अमेरिकाले दियो यस्तो चेतावनी
-
‘पर्यटन बोर्ड’ को सीईओ बन्न मरिहत्ते: के छ आकर्षण ?
-
अमेरिकाद्वारा इजरायल र युक्रेनका लागि अर्बौँको सहयोग स्वीकृत
-
‘महाजात्रा’ र डिग्री माइला’ले दर्शक तानिरहेका बेला आउन लागेका तीन फिल्म
-
लाजियोसँग हारे पनि युभेन्ट्स इटालियन कपको फाइनलमा