घोराही उपमहानगरमा सर्वदलीय बैठक बस्दै
शनिबार, ३१ वैशाख २०७९, ०८ : १२

दाङको घोराही उपमहानगरपालिकामा सर्वदलीय बैठक बस्दै छ। सबै मतपेटिका शुक्रबार राति नै आएपनि अहिले विहान सर्वदलीय बैठक बस्न लागेको हो । सर्वदलीय बैठक सकिए लगतै विहान १० बजेतिर मतगणना गर्ने तयारी भएको गठबन्धनबाट मेयरमा उम्मेदवारी दिएका हेमराज शर्माले बताए ।
घोराहीमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच तालमेल छ। गठबन्धनबाट माओवादी केन्द्रका नेता शर्मा मेयरमा र काँग्रेसबाट भुपबहादुर डाँगीले उपमेयर उम्मेदवारी दिएका हुन् ।
एमालेबाट मेयरमा नरुलाल चौधरी र उपमेयरमा हुमा डिसी प्रतिष्प्रधामा छन्। सर्वदलीय बैठक सकिए लगतै घोराहीको पुरानो बसपार्कमा रहेको सिटी हलमा मत गणना हुने भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ पटक विज्ञापन गर्दा पनि आएनन् विज्ञान शिक्षक !
-
प्रकाशन तथा प्रसारण सङ्घ लुम्बिनीमा नयाँ नेतृत्व चयन
-
मजगैयाँको गजल गीत : ‘के छ ओइ सान्नानी’ मा सुधीर र उषाको अभिनय
-
मस्जिदमा भएको आक्रमणमा परी नाइजेरियामा ४४ जनाको मृत्यु
-
पूर्वविशिष्टहरुलाई सुविधा दिन हुँदैनः स्वास्थ्यमन्त्री
-
कृषिमा आयात प्रतिस्थापन गर्न यान्त्रिकीकरणमा जोड दिँदैछौँ– मन्त्री अधिकारी