शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दाङको घोराही उपमहानगर र लमही नगरको मतगणना सुरु

शनिबार, ३१ वैशाख २०७९, ०९ : ३८
शनिबार, ३१ वैशाख २०७९

दाङको घोराही उपमहानगरपालिका र लमही नगरपालिकाको मतगणना भर्खरै सुरु भएको छ। विहान सर्वदलीय बैठक सकिएपछि भर्खरै घोराही उपमहानगरको मतगणना सुरु भएको हो । अहिले घोराही उपमहानगरको १४ नम्बर र १९ नम्बर वडाबाट मतगणना सुरु भएको छ।

घोराहीमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच तालमेल छ। गठबन्धनबाट माओवादी केन्द्रका नेता हेमराज शर्मा मेयरमा र काँग्रेसबाट भुपबहादुर डाँगीले उपमेयर उम्मेदवारी दिएका हुन्। एमालेबाट मेयरमा नरुलाल चौधरी र उपमेयरमा हुमा डिसी प्रतिष्पर्धामा छन्। अहिले घोराहीको पुरानो बसपार्कमा रहेको सिटी हलमा मत गणना भई रहेको छ।

यस्तै लमही नगरको सर्वदलीय बैठक सकिएपछि वडा नम्बर ९,५ र १ बाट भर्खरै मत गणना सुरु भएको छ । मेयर र उपमेयरमा त्रिपक्षीय भिडन्त हुने देखिएको छ। काँग्रेसबाट मेयरमा जोगराज चौधरी उपमेयरमा लक्ष्मी योगी,एमालेबाट मेयरमा दण्डिराम चौधरी उपमेयरमा सुशीला चौधरी र माओवादी केन्द्रबाट मेयरमा बसन्तराज शर्मा र उपमेयरमा गंगा पाण्डेले उम्मेदवारी दिएकी छिन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप