पूर्व राज्यमन्त्री नवराज रावतको गृह नगर पञ्चपुरीमा काँग्रेसको अग्रता
पूर्व राज्यमन्त्री एवं एमालेका नेता नवराज रावतको गृह नगर सुर्खेतको पञ्चपुरी नगरपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ । वडा नम्बर १ र ११ नम्बरको करिब १२०० मत गणना गर्दा नेपाली काँग्रेसले अग्रता लिएको हो । यसअघि नेकपा एमालेले अग्रता लिए पनि वडा नम्बर ११ को मत गणनामा काँग्रेसले अग्रता लिएको छ ।
प्रमुख पदमा पछिल्लो मत परिणामअनुसार नेपाली काँग्रेसका उम्मेदवार लालबहादुर भण्डारीले ४८६ मत प्राप्त गरेका छन् । यस्तै एमालेका धनबहादुर थापाले ४०८ र नेकपा माओवादी केन्द्रका केशवबहादुर शाहीले २३० मत प्राप्त गरेका छन् । यस्तै, उपप्रमुख पदमा नेपाली काँग्रेसका मुक्तिदेवी रेग्मीले ४७१ र नेकपा एमालेका दुर्गाकुमारी जैशीले ४०२ मत ल्याएकी छन् । पञ्चपुरीको वडा नम्बर ११ मा ६०० मत गणना गर्दा प्रमुखमा नेपाली काँग्रेसले २७५, नेकपा माओवादी केन्द्रले १९६, एमालेले ९१ तथा उपप्रमुखमा काँग्रेसले २५९, एमालेले १०२ र माओवादी केन्द्रले ३४ मत प्राप्त गरेको छ । वडा अध्यक्षमा काँग्रेसले २४५ मत ल्याउँदा माओवादीले २१४ र एमालेले ९२ मत ल्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रलाई विश्वासमा लिएर नेपालमा लगानीमैत्री वातावरण छ भन्ने सन्देश प्रवाह गर्नुपर्छ : प्रधानमन्त्री
-
सहिद पत्नीको व्यथा : सहिद परिवारको परिचयपत्रकै खिल्ली उडाइन्छ
-
भारतबाट मात्रै ३६ अर्ब बराबरको खाद्यान्न आयात
-
आईपीएलमा आज : लखनउसँग हारको बदला लिने धुनमा चेन्नई
-
पोखरा मुग्लिङ सडक : सम्झौताको म्याद सकियो, आधा काम पनि सकिएन
-
लोकतन्त्र त आयो, युवा पलायन किन बढ्यो ?