
हेटौंडा उपमहानगरमा एमालेको झिनो अग्रता

मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा नेकपा एमालेले सुरुवाती अग्रता बनाएको छ । उपमहानगर १ को १४५ मत गणना हुँदा एमालेका उम्मेदवार अनन्त पौडेलले ५३ मतसहित अग्रता लिएका हुन् ।
यस्तै नेकपा एकीकृत समाजवादीबाट गठबन्धनकी साझा उम्मेदवार मिना कुमारी लामाले ५१ मत प्राप्त गरेकी छन् । यस्तै राप्रपाका दिपक सिंहले २५ मत पाएका छन् ।
उपमेयर पदमा भने गठबन्धनका राजेश बानियाँ ६६ मत पाउँदा नेकपा एमालेकी सुमित्रा काफ्लेले ६२ मत ल्याएकी छिन् । यस्तै राप्रपाकी इन्दिरा डल्लाकोटीले ७ मत पाएकी छिन् । वडा अध्यक्ष पदमा भने नेकपा एमालेका उम्मेदवारले ६८ मत नेपाली काँग्रेसका उम्मेदवारले ६० मत पाएका छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ