बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको बैंकिङ्ग सेवा अव आइतबार पनि

शनिबार, ३१ वैशाख २०७९, १० : ३७
शनिबार, ३१ वैशाख २०७९

सातामा शनिवार र आईतबार गरी दुई दिन बिदा दिने निर्णय भएसँगै मेनरोड विराटनगरमा कर्पोरेट कार्यालय रहेको सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै आईतबार पनि बैंकिङ्ग सेवा प्रदान गर्ने निर्णय गरेको छ ।

यस अन्तर्गत हाल बैंकले प्रदेश नं.१ म रहेका आफ्ना ३५ शाखाहरुमध्ये १३ शाखाहरु (मेनरोड विराटनगर, टंकीसुनवरी, इलाम, रंगेली, उर्लावारी, बिराटचोक, विर्तामोड, इटहरी, धरान, धनकुटा, बसन्तपुर, दमक र पुष्पलालचोक) बाट यही जेष्ठ १ गते देखिनै सेवा प्रदान गर्ने छ ।

यस्तै आगामी दिनमा बजारको आवश्यकता र ग्राहकको माग बमोजिम आइतबार संचालन हुने शाखा संख्या बढाउँदै लैजाने नीति बैंकले लिएको छ । आइतबार संचालन हुने शाखाहरूमा बैंकले बिहान १० बजेदेखि अपरान्ह २ बजे सम्म सेवा प्रदान गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप