
काठमाडौं महानगरपालिकाको यसरी हुँदैछ मतगणना, तस्बिरमा हेर्नुहोस्

काठमाडौँ महानगरपालिकाको मतगणना जारी रहेको छ । स्वतन्त्र उम्मेदवार बालेन शाहसमेत उम्मेदवार रहेको काठमाडौंको नतिजा कस्तो आउला भन्ने चासो सर्वत्र छ । शुक्रबार सम्पन्न मतगणनापछि आवश्यक प्रक्रिया सुरु गरेर राष्ट्रिय सभा गृहमा केहीबेर अघिबाट मतगणना सुरु गरिएको हो । वडा नम्बर ३१ र ३२ बाट मतगणना सुरु गरिएको हो ।
यसपटकको निर्वाचनमा मेयर पदका लागि नेकपा एमालेबाट केशव स्थापित, नेपाली काँग्रेसबाट सिर्जना सिंह र स्वतन्त्र उम्मेदवार बालेन साहलाई मुख्य प्रतिस्पर्धी मानिएका छन् । निर्वाचन आयोगका अनुसार काठमाडौं महानगरपालिकामा ५२ प्रतिशत मात्रै मत खसेको छ । शान्तिपूर्ण रुपमा निर्वाचन, मतदाताको सुलभ पहुँचका बाबजुद पनि आधामात्रै मत खसेको आयोगले जनाएको छ । काठमाडौँमा कूल ३ लाख २४२ मतदाता रहेका छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ