बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चेल्सीलाई लिभरपुलविरुद्ध बदला लिने मौका

शनिबार, ३१ वैशाख २०७९, ११ : ३१
शनिबार, ३१ वैशाख २०७९

गत फ्रेब्रअरीमा भएको कारवाओ कपको फाइनल खेलमा चेल्सीलाई पेनाल्टी सुट आउटमा हराउँदै लिभरपुलले उपाधि उचाल्यो । ​वेम्बली स्टेडियममा भएको खेलमा निर्धारित समय गोल रहित बरबारी हुँदा पेनाल्टी सुट आउटबाट लिभरपुले बाजि मार्यो । सोही मैदानमा आज (शनिबार) राति चेल्सी र लिभरपुलले एफए कपको फाइनलमा प्रतिस्पर्धा गर्दैछन् । 

एफए कपको फाइनलमा लिभरपुलले चेल्सीसँग भिड्न लागेको हो । यो सिजन दोस्रो उपाधि जित्ने योजनामा रहेको लिभरपुललाई चेल्सी चुनौती दिने योजनामा छ । च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको लिभरपुल एफए कप सहित प्रिमियर लिगको पनि उपाधि होडमा छ । 

आठ पटकको एफए कप विजेता चेल्सीले थोमस टुचेलको प्रशिक्षकत्वमा रहेको चेल्सी सन् २०२० मा आर्सनलसँग पराजित हुँदै चेल्सीले उपाधि गुमाएको थियो । 
त्यस्तै सन् २०२१ मा लेस्टर सिटीसँग पराजित भएको चेल्सी लगाततर तेस्रो सिजन फाइनल प्रवेश गरेको हो । 

थोमस टुचेललको प्रशिक्षकत्वमा चेल्सीले पुनः एफए कपको फाइनल खेल्दैछ । टुचेलले पछिल्लो सयम लिभरपुलको लय हेर्दा प्रतिस्पर्धा कठिन हुने बताएका छन् । 
‘लिभरपुलको पछिल्लो फम हेर्दा यो प्रतिस्पर्धा निकै कठिन हुनेछ । एफए कपको फाइनल सँधै प्रतिस्पर्धात्मक नै हुन्छ । टुचेलले लिभरपुललाई लण्डनमा समर्थकहरुको धेरै साहानुभुति भएकोले आफूलाई साहानुभूती भन्दा पनि उपाधि ठूलो रहेको बताए । 

‘लण्डनमा भिलरपुलप्रति सबैको ठूलो सहानुभूति छ । जुन लिभरपुलको मेहेनतले पाएको हो । त्यसका लिभरपुलका प्रशिक्षक योर्गेन क्लपले पनि ठूलो भूमिका खेलेका छन् । हामीलाई साहानुभूतीभन्दा पनि उपाधि ठूलो हो,’ टुचेलले भने । 

भिलरपुल भने सन् २०१२ पछि पहिलो पटक एफए कपको फाइनलमा प्रतिस्पर्धा गर्दैछ । लिभरपुल आफ्नो अन्तिम फाइनल खेलमा चेल्सीसँग नै २–१ गोल अन्तरले पराजित भएको थियो ।  लिभरपुलका मुख्य प्रशिक्षक क्लोपले क्लबका समर्थहरु आफ्नो जित जसरीनै समर्थन गर्न आउने भएकाले फाइनल खेलमा झनै उत्साह हुने बताएका छन् । ‘लिभरपुलका समर्थकहरु आफ्नै जित जसरी नै मैदान उत्रन्छन् । हामी त्यसैमा खुसि छौं । यो फाइनल खेल निकै रोचक हुनेछ,’ क्लोपले भने । 

क्लोप च्याम्पियन्स लिग, कारबाओ कप र एफए कपको फाइनलमा पुग्ने पहिलो प्रशिक्षक हुन् । एफए कपमा दुुई टोलीबीच अन्तिम पटक सन् २०२० मा पाँचौं चरणमा भेट भएको थियो । उत्त खेलमा चेल्सीले लिभरपुललाई २–१ गोल अन्तरले हराएको थियो । 


बीबीसी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप