मास्टरसेफको जीवनमा फिल्म बनाउँदै रौनियार
‘बीबीसी मास्टरसेफ प्रोफेसनल्स २०२१’ का उपविजेता सन्तोष शाहमाथि फिल्म निर्माण हुने भएको छ । निर्देशक दीपक रौनियारले उनको जीवनमाथि फिल्म बनाउने भएका हुन् । निर्देशक रौनियारले शाहमाथि फिल्म बन्न लागेको जानकारी दिए ।
शाहको जीवनका संघर्ष र हासिल गरेको सफलता धेरैका लागि प्रेरणादायक हुने भएकाले फिल्म बनाउने जमर्काे गरेको उनको भनाइ छ । फिल्मका लागि मास्टरसेफ शाहसँगको संवाद सकिएको र स्क्रिप्ट लेखनका लागि काम भइरहेको रौनियारको भनाइ छ । १५ वर्षको उमेरमा भारतको गुजरातमा काम गर्न गएका सन्तोषले त्यहाँ विभिन्न होटेलहरुमा १० वर्ष भाँडा माझ्ने काम गरेका थिए । त्यसपछि सन् २०१० को अन्त्यमा बेलायत हानिएका उनी अहिले सिनामोन ग्रुपमा हेड सेफको रुपमा कार्यरत छन् । नेपाली परिकारलाई विश्वमाझ चिनाउने अभियानमा रहेका मास्टरशेफ शाहलाई नेपाल सरकारले पर्यटन दूतमा समेत नियुक्त गरेको छ ।
निर्देशक रौनियारले आफ्नो पाइपलाइनमा रहेको फिल्म ‘द स्काइ इज माइन’को छायांकन पूरा गरेपछि सन्तोष शाहको जीवनीमा फिल्म बनाउनेछन् । रौनियारले यसअघि फिल्म ‘सेतो सूर्य’ को निर्देशन गरेका थिए । ‘द स्काइ इज माइन’मा भारतकी अभिनेत्री तनिष्ठा चटर्जीको मुख्य भूमिका रहनेछ भने आशा मगराती र दयाहाङ राईको पनि अभिनय देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्नोल्ड श्वार्जनेगरको भन्दा ठूलो बाइसेप भएकी महिला, आफैँलाई भन्छिन्– ‘लेडी हल्क’
-
गोविन्दा शिव सेनामा प्रवेश, चुनाव लड्ने अड्कलबाजी
-
भूपू गोर्खाहरूको माग सम्बोधन गर्न बसेको चौथो वार्ता पनि निष्कर्षविहीन
-
काठमाडौँका निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको अल्टिमेटम
-
मन्त्रिपरिषद् पुनर्गठन गर्दा यस्तो बन्यो शालिकरामको टिम (सूचीसहित)
-
एसईई परीक्षामा चिट चोराएको आरोपमा दुई जना पक्राउ