ad
x

नुवाकोट : बेलकोटगढी नगरपालिकाको मतगणना शुरु

person explore access_timeबैशाख ३१, २०७९ chat_bubble_outline0

नुवाकोटको बेलकोटगढी नगरपालिकामा मत गणना शुरु भएको छ । ढिलागरी बसेको सर्वदलीय बैठकले निर्णयपछि भर्खरै मात्र मतगणना शुरु भएको बेलकोटगढी नगरपालिका उम्मेदवार प्रतिनिधिले रातोपाटीलाई जानकारी दिए । 


नगरपालिकामा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार जगतबहादुर गुरुङ चुनावी मैदानमा रहेका छन् भने नेकपा एमालेका तर्फबाट राजेन्द्ररमण खनाल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का तर्फबाट सानुकुमारी लामा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट युवराज पाण्डे चुनावी मैदानमा रहेका छन् । 



यता उपमेयरतर्फ नेपाली काँग्रेस र माओवादी केन्द्रका तर्फबाट साझा उम्मेदवार नेपाली काँग्रेसका शिवप्रसाद दाहाल, नेकपा एमालेका तर्फबाट रुपा सापकोटा, एकीकृत समाजवादीका तर्फबाट प्रकाश नेपाल र राप्रपाकातर्फबाट यशोदा दाहाल चुनावी मैदानमा रहेका छन् । समग्र बेलकोटगढी नगरपालिकामा १३ वटा वडाहरु रहेका छन् ।













कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X