बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

६ मध्ये ५ महानगरको मतगणना जारी

शनिबार, ३१ वैशाख २०७९, १३ : १८
शनिबार, ३१ वैशाख २०७९

 शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचन अन्र्तगत मुलुकका ६ महानगरपालिकामध्ये ५ वटा महानगरको मतगणना जारी छ । पोखरा महानगरबाहेक काठमाडौ, ललितपुर, भरतपुर, वीरगञ्ज र विराटनगर महानगरको मत गणना सुरु भएको हो । 

पोखरा महानगरको मतगणना भने शनिबार दिउँसो २ बजेपछि सुरु गर्ने तयारी छ । गणना सुरु भएका महानगरमा विराटनगरमा काँग्रेस, काठमाडौंमा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् । त्यसैगरी भरतपुर, ललितपुर र वीरगञ्जको नतिजा यो समाचार तयार पार्दा सम्म आइसकेको छैन । महानगरको मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप