बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दुई मतान्तरले घरपझोङमा गठबन्धन विजयी

शनिबार, ३१ वैशाख २०७९, १३ : ४६
शनिबार, ३१ वैशाख २०७९

मुस्ताङको घरपझोङ गाउँपालिकाको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार विजयी भएका छन् । 

अध्यक्षको उम्मेदवार कांग्रेसका मोहनसिंह लालचनले दुई मतान्तरले जित हासिल गरेका छन्  । मुस्ताङको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अध्यक्षमा लालचनले ७६० मत ल्याउँदा उनका प्रतिस्पर्धी नेकपा (एमाले) का सञ्जयकुमार थकालीले ७५८ मत प्राप्त गरे । उपाध्यक्षमा कांग्रेसका जमुना थकालीले ६९३ मत ल्याएर विजयी हुँदा उनकी प्रतिस्पर्धी एमालेकी मीमकुमारी शेरचनले ६१८ मत प्राप्त गरेको कार्यालयले जनाएको छ । 

शुक्रबार भएको स्थानीय तह निर्वाचनमा दुई हजार ८४ जना मतदाता रहेको घरपझोङ गाउँपालिकामा ७६ दशमलव ६८ प्रतिशत अर्थात् एक हजार ५९८ मत खसेको थियो । गत स्थानीय तह चुनावमा घरपझोङको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका थिए । 

यसैबीच घरपझोङ गाउँपालिका–३ को वडाध्यक्षमा एमालेका फणिन्द्र थकालीसहितका उम्मेदवार विजयी भएका छन् भने घरपझोङ–४ को वडाध्यक्षमा कांग्रेसका यमप्रसाद थकाली सहितको प्यानल विजय भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप