
दाङकाे लमही नगरपालिकामा कांग्रेसको सुरुवाती अग्रता
लमही नगरपालिकामा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । नेकपा एमालेका उम्मेदवार दण्डिराम चौधरीलाई ९ मतले पछी पार्दै कांग्रेसका चौधरीले सुरुवाती अग्रता लिएका छन् नगरको वडा नम्बर १, ५ र ९ को ३०३ मत गन्दा नेपाली कांग्रेसका नगर प्रमुख पदका उम्मेदवार जोगराज चौधरीले ९३, नेकपा एमालेका दण्डिराम चौधरीले ८४ र नेकपा माओवादी केन्द्रका वसन्तराज शर्माले ७९ मत प्राप्त गरेका छन् । प्रमुखमा नेपाली कांग्रेसका लक्ष्मी योगी ९९, नेकपा एमालेका सुशीला शर्मा ७८ र नेकपा माओवादि केन्द्रका गंगा पाण्डेले ६६ मत प्राप्त भएकाे छ।
वडा नम्बरमा नेपाली कांग्रेसका दामोदर पौडेलले ३८, नेकपा माओवादी केन्द्रका घनश्याम खनालले ३४ र नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार नुमराज पौडेलले १९ मत प्राप्त गरेका छन् लमही नगरपालिका वडा नंं ५ मा नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका ओमप्रसाद सुवेदीले अग्रता छ ४१ मत प्राप्त गरेका छन्।
नेपाली कांग्रेसका कुमार घिमिरेले २२, नेकपा एमालेका विमबहादुर केसीले १६ मत प्राप्त गरेका छन् यसैगरी नेकपा एमालेका खिमबहादुर केसीले ४३, नेपाली कांग्रेसका भेषबहादुर केसी(रमेश)ले ४०, नेकपा माओवादी केन्द्रका प्रेम वलीले १० मत प्राप्त भएके छ। अहिले पनि यि तीन वडाको मत गणना चलिरहेको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ