
मनहरी गाउँपालिका–१ मा काँग्रेस विजयी

मकवानपुरको मनहरी गाउँपालिका–१ मा काँग्रेस विजयी भएको छ । काँग्रेसका वडा अध्यक्षका उम्मेदवार शिवप्रसाद खनाल करिब ७ सय मतान्तरले विजयी भएका हुन् ।
कुल १७ सय ८६ मत खसेकोमा विजयी भएका खनालले १ हजार ९७ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनको प्यानलका प्रदीप ढकाल, सानुकान्छा घलान, सिद्धिमाया तामाङ र सावित्री घिमिरे विजयी भएका छन् । खनालका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका तर्फबाट वडा अध्यक्षका उम्मेदवारले ३ सय ९० मत पाएका थिए । समाजवादी र माओवादीका गठबन्धनले ३ सय १० मत पाएका थिए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ