शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुर्खेतको चिङ्गाडमा एमाले, बराहतालमा माओवादी केन्द्रले लियो अग्रता

शनिबार, ३१ वैशाख २०७९, १४ : २९
शनिबार, ३१ वैशाख २०७९

सुर्खेतको चिङ्गाड गाउँपालिकामा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । ३०० मत गणना गर्दा प्रमुखमा एमालेका बोधविक्रम जिसीले १७० र नेपाली काँग्रेसका डोरप्रसाद शर्माले ११९ मत प्राप्त गरेका हुन् । छ वटा वडा रहेको चिङ्गाडमा अहिले वडा नं १ को मत गणना भैरहेको छ

यता बराहताल गाउँपालिकमा भने नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ। तीन सय मतगणना हुँदा माओवादीबाट अध्यक्षका उम्मेदवार किशोरभक्त सुनारले ११६ मत पाएका छन्।

यस्तै नेपाली कांग्रेसका भीम भण्डारी ९१ र एमालेबाट घनश्याम पाण्डेले ७९ मत पाएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप