बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवल उपमहानगरपालिका १ मा स्वतन्त्र उम्मेदवार बस्नेत विजयी

शनिबार, ३१ वैशाख २०७९, १७ : ०२
शनिबार, ३१ वैशाख २०७९

बुटवल उपमहानगरको वडा न १ मा स्वतन्त्रता उम्मेदवार नरेन्द्र बस्नेत विजयी भएका छन् । उनी पुतली चुनाव चिन्हबाट चुनाव लडेका थिए । उक्त वडामा  कांग्रेसका चार सदस्य विजयी भएका छन् । 

काँग्रेसका महिला सदस्य निलम गौतम, दलित महिला सदस्य प्रेमशीला धोवी,अशोक राई र आदिल अहमद खाँण विजयी भएका हुन् ।  

एमालेबाट चुनावी मैदानमा रहेका महेन्द्र लिगल र कांग्रेसबाट अध्यक्षको दौडमा रहेका माधव प्रधानलाई पराजित गर्दै बस्नेतले विजयी भएका हुन् । 

विजयी बस्नेतले ६ सय ३६ मत ल्याएका छन् भने महेन्द्रले ५५१ मत ल्याएका छन् ।काँग्रेसका उम्मेदवारले ३४८ मत ल्याएका छन् ।

उनलाई काँग्रेसले केहि दिनअघि मात्रै कारबाही गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप