शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मुमताजको थियो विवाहेत्तर सम्बन्ध : भनिन्, ‘त्यो एउटा चरण मात्रै थियो, निकै थोरै समय रह्यो’

शनिबार, ३१ वैशाख २०७९, १७ : १७
शनिबार, ३१ वैशाख २०७९

बलिउड अभिनेत्री मुमताजले हालै एक भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा आफ्नो विवाहेत्तर सम्बन्धबारे खुलेर कुराकानी गरेकी छिन् । मुमताजका अनुसार उनको अफेयर श्रीमान् मयुर मधवानीको अफेयरपछि सुरु भएको थियो । ममुताजले मयुर माधवानीसँग विवाह गरेकी थिइन् र त्यसपछि उनी बलिउडबाट टाढा भइ विदेशमा बसेकी थिइन् ।

मुमताजका श्रीमान्‌काे थियो अफेयरः

मुमताजले भनिन्, ‘पुरुषका लागि अफेयर सजिलो छ । मेरा श्रीमानको एकजनासँग मात्रै अफेयर थिउो । म उनको सम्मान गर्छु किनभने उनले आफैँ मलाई यसबारे बताएका थिए । उनले अमेरिकाकी एक केटी मनपरेको बताएका थिए । उनी अमेरिकामा नै हुर्किएकी थिइन् ।’

मुमताजका श्रीमान्‌ले मागेका थिए माफीः

मुमताजले थपे, ‘तर उनले मलाई भने, ‘मुमताज तिमी मेरी श्रीमती हौ । म तिमीलाई प्रेम गर्छु र सधैँ गरिरहन्छु । म तिमीलाई कहिल्यै पनि छोड्दिनँ । समस्या त्यसकारण पैदा भयो किनभने म थोरै जिद्दी थिएँ । तर आज त्यो हाम्रो लागि बिर्सिएको कहानी हो । एकपटक त भगवानले पनि माफी दिनुहुन्छ । म सधैँ रानीजस्तै बस्दै आएकी छु । मेरा श्रीमानले मलाई कहिल्यै पनि कुनै कुराका लागि समस्या आउन दिनुभएन ।’

मुमताजले आफ्नो अफेयरबारे कुरा गरिन्ः

मुमताजले भनिन्, ‘साँचो भन्ने हो भने त्यसपछि म एक्लो महसुुस गर्न थालेँ । म अलि पागल थिएँ । मलाई असाध्यै नराम्रो लाग्यो त्यसैले म भारत फर्किएँ । तर जब तपाईं भित्रैदेखि टुटेको हुनुहुन्छ तब बहकिनु हुन्छ । भारत आएपछि मेरो कोहीसँग अफेयर भयो, तर त्यो सिरियस थिएन । केही पलको मात्रै फेज थियो जुन छिट्टै सिद्धियो पनि । म भाग्यमानी छु कि मेरा श्रीमानले मलाई अहिलेसम्म पनि माया गर्नुहुन्छ । यदि म अलिकति पनि बिरामी भएँ भने हंगामा हुन्छ ।’

मुमताज इरानमा बस्छिन्ः

मुमताजले करियरको सुरुवात सन् १९६१ मा रिलिज भएको फिल्म स्त्रीबाट गरेकी थिइन् । आफ्नो करियरमा लगभग सय फिल्ममा अभिनय गरेकी मुमताजले फिल्म ‘खिलौना’ का लागि सन् १९७० मा फिल्मफेयरको उत्कृष्ट अवार्ड पनि पाएकी छिन् । मुमताज आफ्नो समयमा नायिकाका साथै कमालकी डान्सर पनि हुन् । मुमताज इरानकी हुन् । उनले ‘ब्रह्मचारी, राम और श्याम, आदमी और इंसान, खिलौनाजस्ता थुप्रै हिट फिल्ममा काम गरिन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप