शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

डिजेल, पेट्रोल र मट्टितेलको मूल्य १० रुपैयाँले बढेपछि एकाएक पम्प बन्द

आइतबार, ०१ जेठ २०७९, ०६ : ००
आइतबार, ०१ जेठ २०७९

सरकारले डिजेल, पेट्रोल र मट्टितेलको ह्वात्तै बढाएको छ। आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो। यससँगै शनिबार राति एकाएक सिरहाका पेट्रोल पम्पहरु बन्द गरिएका छन् । 

बढेको मूल्यमा भोलिपल्ट अर्थात आज तेल बेच्ने मनसाय सहित उनीहरुले पम्प बन्द गरेका हुन् । पम्प बन्द गरेपनि सरोकारबाला निकाय भने मौन देखिए । 
अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १ सय ७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १ सय ५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ । जुन निर्णय शनिबार साँझ भएको थियो भने गएरातिदेखि नै कार्यान्वयनमा गएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप