शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकाको एक अस्पतालका ११ नर्स एकसाथ गर्भवती, अस्पतालको पानीमा केही मिसिएको भन्दै ठट्टा

आइतबार, ०१ जेठ २०७९, ०९ : २१
आइतबार, ०१ जेठ २०७९

अमेरिकाको मिजौरी राज्यको एक अस्पतालमा कार्यरत ११ जना स्वास्थ्यकर्मी एकैसाथ गर्भवती भएका छन् । मिजौरीको लिबर्टी अस्पतालका १० नर्स र १ डाक्टर एकै पटक गर्भवती भएका हुन् ।

अझ दुई जना नर्सको डेलिभरी मिति एकै दिन परेको छ । थप अर्को संयोग के देखिएको छ भने गर्भवती भएकामध्ये अधिकाशं स्वस्थ्यकर्मी प्रसूती, श्रम र सुत्केरी विभागमा काम गर्छन् ।

ती स्वास्थ्यकर्मीले जुलाईदेखि नोभेम्बरका बीच बच्चा जन्माउनेछन् । एकै विभागका यति धेरै स्वास्थ्यकर्मी गर्भवती भएपछि मानिसहरुले ठट्टा गर्दै अस्पतालको पानीमै केही मिसिएकाले नखान सल्लाह दिन थालेका छन् ।

‘एक जना नर्सले त साच्चै छुट्टै पानीको बोतल बोक्न थालिछन् । मैले उनलाई कोट्याउँदै तिमीले हल्ला सुनेकै भरमा बोतल ल्याउन थाल्यौ भनेर  जिस्क्याएँ ,’ अस्पतालको पोष्टपार्टम विभागमा काम गर्ने २९ वर्षीया हन्ना मिलरले भनिन् ।

यस अघि पनि एकै अस्पतालमा काम गर्ने धेरै स्वास्थ्यकर्मी एकै पटक गर्भवती भएका घटना बाहिरिएका थिए ।

सन् २०१९ मा मेइन मेडिकल सेन्टरमाको श्रम तथा प्रसव इकाईमा कार्यरत ९ नर्स एकैसाथ गर्भवती भएका थिए । त्यो समयमा गर्भवती नर्सहरूले एक अर्काको डेलिभरीमा अरुले सघाउने योजना बनाएका थिए ।

त्यसको एक वर्षअघि पनि सन् २०१८ मा इलिनोईसमा रहेको एण्डरसन हस्पिटलको प्रसुति विभागमा कार्यरत ८ जना महिला एकै समयमा गर्भवती भएका थिए ।

डेली मेलबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप