मोरङका १७ पालिकामा को कहाँ अगाडि ? (सूचीसहित)
मोरङको १७ वटा पालिकामध्ये ९ वटामा काँग्रेसले अग्रता लिएको छ भने ८ वटा पालिकामा एमालेले अग्रता लिएको छ । यसअघि एमालेले ५ वटा पालिकामा जितेको थियो भने काँग्रेसले १० वटा पालिकामा जितेको थियो । ०७४ सालको निर्वाचनमा १/१ वटा पालिका जितेका माओवादी र जनता समाजवादी पार्टीले कुनै पनि पालिकामा अग्रता लिन सकेका छैनन् ।
काँग्रेसले यसअगाडि जितेका पालिकाहरु केराबारी गाउँपालिका, लेटाङ नगरपालिका, उर्लाबारी नगरपालिका, धनपालथान गाउँपालिकामा एमालेले अग्रता लिएको छ । यस्तै एमालेले यसअघि जितेको मिक्लाजुङ गाउँपालिकामा गठबन्धन अगाडि छ । यस्तै एमालेले जितेको ग्रामथान र जसपाले जितेको जहदा गाउँपालिकामा काँग्रेस अगाडि छ । माओवादी केन्द्रले जितेको रंगेली नगरपालिकामा भने एमाले अगाडि छ ।
विस्तृत विवरण
विराटनगर महानगरपालिका प्रमुख/उपप्रमुख
काँग्रेस (रुख) २५८३/६७५ (छाता)
एमाले (सूर्य) १६१५/८५३
उर्लाबारी नगरपालिका प्रमुख/उपप्रमुख
काँग्रेस (रुख) १११८/३६८
एमाले (सूर्य) १८००/५१७
बेलबारी नगरपालिका प्रमुख/उपप्रमुख
एमाले (सूर्य) ७३३/६५१
काँग्रेस (रुख) ५६८/५०६
सुन्दरहरैंचा नगरपालिका प्रमुख/उपप्रमुख
एमाले (सूर्य) ९४५/१०२७
काँग्रेस (रुख) १०८३/५६५ (हँसिया हथौडा)
पथरीशनिश्चरे नगरपालिका प्रमुख/उपप्रमुख
एमाले (सूर्य) १६९/१२५
काँग्रेस (रुख) १३८/१४६
सुनवर्षी नगरपालिका प्रमुख/उपप्रमुख
एमाले (सूर्य) ३८६/३११
काँग्रेस (रुख) ४११/४१७
रंगेली नगरपालिका प्रमुख/उपप्रमुख
एमाले (सूर्य) ८९७/८७३
काँग्रेस (रुख) ७१९/३१५ (छाता)
लेटाङ नगरपालिका प्रमुख/उपप्रमुख
एमाले (सूर्य) १३५५/१२८३
काँग्रेस (रुख) ९८६/६६८ (हँसिया हथौडा)
रतुवामाई नगरपालिका प्रमुख/उपप्रमुख
एमाले (सूर्य) ८४८/६८०
काँग्रेस (रुख) १०४१/६२२ (हँसिया हथौडा)
बुढीगंगा गाउँपालिका अध्यक्ष/उपाध्यक्ष
एमाले (सूर्य) १२५/१६७
काँग्रेस (रुख) २५५/२११
धनपालथान गाउँपालिका अध्यक्ष/उपाध्यक्ष
एमाले (सूर्य) ४३६/२१३
काँग्रेस (रुख) ३९९/३८१
ग्रामथान गाउँपालिका अध्यक्ष/उपाध्यक्ष
एमाले (सूर्य) ७२४/७६४
काँग्रेस (रुख) ९०६/६८३
जहदा गाउँपालिका अध्यक्ष/उपाध्यक्ष
एमाले (सूर्य) १७५/१८८
काँग्रेस (रुख) ५०२/४६०
कानेपोखरी गाउँपालिका अध्यक्ष/उपाध्यक्ष
एमाले (सूर्य) २६९८/२८५९
काँग्रेस (रुख) १७४४/२१६३
कटहरी गाउँपालिका अध्यक्ष/उपाध्यक्ष
एमाले (सूर्य) ५४३/६५१
काँग्रेस (रुख) ११८०/९५५
केराबारी गाउँपालिका अध्यक्ष/उपाध्यक्ष
एमाले (सूर्य) ६३५/५९७
काँग्रेस (रुख) ४०९/५३८
मिक्लाजुङ गाउँपालिका अध्यक्ष/उपाध्यक्ष
एमाले (सूर्य) २९३४/२४९३
काँग्रेस (रुख) ३८९१/२८०८ (हँसिया हथौडा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वाधिक मेडन ओभरको कीर्तिमान : चर्चित खेलाडीभन्दा नसुनिएका नाम बढी !
-
काठको अवैध ओसारपसार गरिरहेको अवस्थामा ट्याक्टरसहित एकजना पक्राउ
-
इजरायलमा ड्रोन आक्रमण : ४ सैनिकको मृत्यु, ६० जनाभन्दा बढी घाइते
-
यस्तो छ आज तरकारी तथा फलफूलको मूल्यसूची
-
जङ्गल छाडेर उद्यमशील बन्दै वनकरिया
-
डेंगु लाग्दैमा नआत्तिन चिकित्सकको सुझाव