बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सोहेल–सीमा : सोहेल खानसँग विवाहका लागि तयारी थिएनन् सीमाको परिवार, भागेर गरेका थिए विवाह

आइतबार, ०१ जेठ २०७९, १० : ४५
आइतबार, ०१ जेठ २०७९

बलिउडका सुपर स्टार सलमान खानका भाइ तथा अभिनेता–निर्देशक सोहेल खान र उनकी श्रीमतीले विवाहको २४ वर्षपछि सम्बन्धविच्छेद गरिरहेका छन् । १३ मे शुक्रबारमा सोहेल र सीमालाई फेमिली कोर्ट बाहिर देखिएको थियो । उनीहरुको सम्बन्धविच्छेदको चर्चा चलिरहेका बेला, यी दुईबारे केही जानकारी लिऔँ ।

अभिनेता–निर्देशक हुन् सोहेल खान

सोहेल खान व्यावसायिक रुपमा एक अभिनेताका हुनुका साथै निर्देशक पनि हुन् । सोहेल खानले ‘हेलो ब्रदर’, ‘प्यार किया तो डरना क्या’ जस्ता थुप्रै फिल्म निर्देशन गरेका छन् । यस्तै उनले मैंने दिल तुझको दिया, मैंने प्यार क्यूं कियाजस्ता फिल्ममा अभिनेताको रुपमा काम गरेका छन् । सोहेल टिभी शोजका जज पनि भइसकेका छन् । उनी सन् २०११ देखि २०१८ सम्म कमेडी सर्कस शोको निर्णायक भए । उनले रोहित शेट्टी र अर्चना पूरन सिंहसँग यो शो होस्ट गरेका थिए ।

फेसनेबल डिजाइनका लागि चर्चित छिन् सीमा सचदेवः

सीमा सचदेव खान एक चर्चित सेलिब्रिटी स्टाइलिस्ट र फेसन डिजाइनर हुन् । मुम्बई र दुबईमा उनको एउटा कपडाको बुटिक छ जसको नाम सीमा खान स्टोर हो । उनी कलिस्टा नामको एक ब्यूटी स्पा र सैलुनकी मालिक पनि हुन् । सीमा बान्द्रा १९० फेशन लाइनकी सीइओ पनि हुन् र महिप कपुर र सुजैन खानसँग मिलेर यो चलाउँछिन् । उनी आफ्नो फेसनेबल डिजाइनका लागि बिजनेसमा पनि निकै चर्चित छिन् ।

 


 

सोहेल र सीमाको कुल सम्पत्तिः

सोहेल खानको कुल सम्पत्ति १०९ करोड भारु छ । यस्तै, सीमा सचदेवको कुल सम्पत्ति करिब ११ करोड छ । उनी बलिउडकी सबैभन्दा धनी श्रीमतीमध्ये एक हुन् । उनलाई अन्तिम पटक ‘फ्याबुलस लाइव्स अफ बलिउड वाइव्स’ मा देखिएको थियो जुन भाइरल भएको थियो ।

पहिलो नजरमा प्रेम, दुबैले भागेर गरे विवाहः

सोहेल र सीमाले सन् १९९८ मा भागेर गरेका थिए । सीमा दिल्लीमा बस्थिन् र फेसन डिजाइनिङमा करियर बनाउनका लागि मुम्बई आएकी थिइन् । यति नै बेला सीमा र सोहेलको पहिलो भेट भयो र सोहेलले पहिलो नजरमा नै सीमालाई मन पराए । त्यसपछि यी दुईजनाले एक–अर्कालाई डेट गर्न थाले । यो जोडी विवाह गर्न चाहन्थ्यो तर सीमाको परिवारे यो विवाहका लागि कुनै पनि हालतमा तयार थिएनन् ।

सीमा एक पंजाबी परिवारकी हुन् । उनका पिता अर्जुन सचदेव हुन् । सीमाका भाइ बन्टी सचदेव कर्नरस्टोन स्पोर्ट्स एन्ड इन्टरटेन्मेन्टका संस्थापक हुन् । परिवारका विरोधका कारण जुन दिन सोहेलको फिल्म ‘प्यार किया तो डरना क्या’ (१९९८) मा रिलिज भयो त्यसै दिन यी दुई घरबाट भागे र आर्य समाज मन्दिरमा विवाह गरे । पछि यी दुईका घरका सदस्यले यो विवाह स्वीकार गरेका थिए । यो जोडीले पछि धुमधामसँग विवाह पनि गरेका थिए । उनीहरुका दुई छोरा निर्वाण खान र योहान खान छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप