बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

१३ वर्षका बालकद्वारा एक वर्षकी नाबालिगको हत्या, पिताको अपमानको बदला लिन चाहन्थे

आइतबार, ०१ जेठ २०७९, ११ : ४४
आइतबार, ०१ जेठ २०७९

पछिल्लो समय आपराधिक क्रियाकलापमा बालबालिकाको पनि संलग्नताले चिन्ता र चासो बढाएको छ । यस्तै, भारतको पछिल्लो घटना झट्ट सुन्दा अपत्यारिलो छ तर त्यति नै भयानक पनि ।

भारतको लखनउको सैरपुर थानाक्षेत्रमा १ वर्षकी नाबालिगको हत्याको मामिलामा प्रहरीले १३ वर्षका बालकलाई पक्राउ गरेको छ ।  प्रहरीले दिएको जानकारी अनुसार १३ वर्षका बालक आफ्नो पिताको अपमानको बदला लिन चाहन्थे त्यसैले उनले फिल्मी शैलीमा नाबालिगको हत्या गरेर उनलाई स्कूलको पानी ट्याङ्कीभित्र हालिदिए । बालिकाको शव माथि नआओस् भनेर आरोपी बालकले उनको खुट्टामा इट्टा बाँधेका थिए ।

भारतीय मिडिया आजतकका अनुसार ​ सैरपुर थानाक्षेत्रको जुगौर गाउँमा सुशील पाण्डेयकी १ वर्षकी छोरी घरबाट गायब भएकी थिइन् । सुशीलले यसबारे प्रहरीलाई जानकारी दिएका थिए । त्यसपछि नाबालिगको खोजी कार्य जारी भएको थियो । खोजतलासकै बेला दुई बालकले बालिकालाई आफूसँगै स्कूलतिर लिएर गएको पत्ता लाग्यो । प्रहरीले स्कूलमा अनुसन्धान गर्दा शौचालयको पानीको ट्याङ्की भित्र बालिकाको शव भेटियो । बालिकाको खुट्टामा इट्टा बाँधिएको थियो र उनको शरीरमा कपडा पनि थिएन ।

प्रहरीले पानीको ट्याङ्कीबाट शव निकालेर पोस्टमार्टमका लागि पठायो ।

पिताको अपमानको बदला लिनका लागि हत्याः

प्रहरीका अनुसार हत्या गर्ने बालक नशाको लतमा थिए र उनले अरु मानिसहरुलाई पनि दुःख दिने गर्दथे । उनीबारे घरमा पनि धेरैले आफ्नो असन्तोष व्यक्त गरिसकेका थिए । प्रहरी अधिकारी जोन एस चिनाप्पाका अनुसार बालिकाको हत्याको मुद्दा दर्ता गरिएको छ । आरोपी बालकले पिताको अपमानको बदला लिनका लागि बालिकाको हत्या गरेको प्रहरी अधिकारीले जानकारी दिए । हाल उनीसँग सोधपुछ गरिँदैछ र उनलाई छिट्टै जुभेनाइल जस्टिस बोर्ड समक्ष हाजिर गराइनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप