बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

लखनउलाई प्लेअफमा पुग्ने मौका

आइतबार, ०१ जेठ २०७९, १२ : २१
आइतबार, ०१ जेठ २०७९

इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटअन्तर्गत आज दुई खेलहरु हुँदैछन् । आज हुने पहिलो खेलमा चेन्नई सुपर किङ्सले गुजरात ताइटान्ससँग प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः ४५ मा सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै चेन्नई दुई अंक जोड्ने योजनामा छ ।

यता प्लेअफमा पुगिसकेको गुजरात तालिकामा आफूलाई शीर्ष स्थानमा यथावत राख्ने योजनामा छ । आज नै हुने अर्काे खेलमा लखनउ सुपर जाइन्ट्सले राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः ४५ मा सुरु हुनेछ ।

आजको खेलमा जित निकाल्दै लखनउ प्लेअफमा पुग्ने योजनामा छ । लिगमा १२ खेल खेलेमो लखनउ १६अंक सहित तालिकाको दोस्रो स्थानमा छ । यता राजस्थान पनि आजको खेलमा सहज जित निकाल्दै प्लेअफ नजिक पुग्ने योजनामा छ । १२ खेल खेलेको राजस्थान १४ अंक सहित तालिकाको तेस्रो स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप